११ असार २०८३, बिहिबार

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, २३ असोज । हालैको बाढीबाट मधेस प्रदेशमा ८० करोड ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीकाअनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति १९ करोड ५० लाख रुपैयाँभन्दा बढीको हो ।

सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले १२ करोड ८० लाख रुपैयाँ तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट नौ करोड ५० लाख रुपैयाँको क्षति भएको छ ।

यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले नौ करोड २५ लाख, बारामा आठ करोड ५० लाख, सिरहामा सात करोड ९० लाख, महोत्तरीमा सात करोड ५० लाख र पर्सामा पाँच करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । बाढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले आठ करोड रुपैयाँ निकासा गरेको छ ।