२१ असार २०८३, आइतबार

जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सम्बोधन गर्न क्लाइमेट फ्युचर्स कार्यक्रम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । ब्रिटिश काउन्सिलले नेपालको रचनात्मक क्षेत्रहरूमा जलवायु कार्यलाई बढावा दिने उद्देश्यले नयाँ पहलका लागि आवेदनहरू खुला गरेको छ ।

द क्लाइमेट फ्युचर्स साउथ एसिया कार्यक्रमले कलाकार र सांस्कृतिक संस्थाहरूलाई नवीन परियोजना र अभ्यासहरू मार्फत जलवायु आपतकाललाई सम्बोधन गर्न अनुदानको अवसरहरू प्रदान गर्दैछ ।

द क्लाइमेट फ्युचर्स साउथ एसिया कार्यक्रमलाई कला क्षेत्रमा सहयोग प्रदान गर्न डिजाइन गरिएको हो, जसअनुसार कलाकार र सांस्कृतिक संस्थाहरूलाई युके पाउण्ड १५,००० (लगभग २६,२५,००० रुपैयाँ) को अनुदान उपलब्ध गराइन्छ ।

अनुदान कार्यक्रमले विभिन्न परियोजनाहरूको लागि सहयोग प्रदान गर्ने लक्ष्य राखेको जनाइएको छ ।

कार्यक्रमले सांस्कृतिक क्षेत्रमा ज्ञान अभिवृद्धि र दिगोपनमा योगदान गर्ने कलाकारहरूद्वारा नेतृत्व गरिएका पहलहरूलाई बढावा दिने, क्षमता निर्माण अभिवृद्धि गर्ने उद्देश्यका पहलहरू समावेश गर्दै संगठनको लागि दिगोपन योजना वा कार्यविधि बनाउने र कार्यान्वयन गर्ने र कला क्षेत्र भित्र जलवायु परिवर्तन जागरूकता र दिगो दृष्टिकोण अभिवृद्धि गर्न पूर्वाधार अनुकूलन गर्ने लक्ष्य लिएको छ ।

यसका लागि २५ नोभेम्बर २०२४ सम्म आवेदन दिन सकिन्छ । सफल आवेदकहरूले आफ्ना परियोजनाहरूमार्फत विश्वव्यापी जलवायु संवादमा महत्त्वपूर्ण प्रभाव पार्ने अवसर पाउनेछन् साथै युकेका प्रमुख विशेषज्ञहरूद्वारा परियोजनाभरि प्राप्त मार्गदर्शनबाट लाभान्वित हुने बताइएको छ ।

सम्भावित आवेदकहरूलाई सहयोग गर्न ब्रिटिश काउन्सिलले अक्टोबर ८ र २२ मा सूचना सत्रहरूको एक श्रृंखला आयोजना गर्नेछ । यी सत्रहरूले आवेदन प्रक्रियासम्बन्धी आवश्यक जानकारी प्रदान गर्नेछ र आवेदकहरूलाई कोष अनुमोदनको लागि उनीहरूको सम्भावनालाई अधिकतम बनाउन सहयोग गर्ने बताइएको छ ।