३१ जेष्ठ २०८३, आइतबार

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघको सहयोग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्तान्तरण गरेका छन् ।

कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित संचालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा दुई करोडको चेक हस्तान्तरण गर्नुभएको हो ।

यसैगरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवँरले पाँच लाख ५५ हजार पाँच सय ५५ को चेक हस्तान्तरण गर्नुभयो ।