१३ असार २०८३, शनिबार

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । अर्थमन्त्री विष्णु पौडेलले श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रुपमा रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६औं क्षेत्रिय परिषद्को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले श्रमिकका मुद्दाहरु विश्वव्यापी साझा समस्याको रुपमा रहेको भन्दै यस्ता समस्या सामुहिक प्रयासबाट मात्रै समाधान गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्र नभएर विश्वव्यापी साझा समस्याको रुपमा रहेका छन् । सामुहिक प्रयासबाट मात्रै त्यस्ता समस्याहरु समाधान गर्न सकिन्छ भन्ने मलाई विश्वास छ ।’

उहाँले सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिको रुपमा आत्मसाथ गरेको बताउनुभयो । श्रम शक्तिलाई दक्ष र व्यवसायीक बनाउने र स्वदेशमा नै रोजगारी सृजना अभिवृद्धि गर्ने नीति सरकारले लिएको पनि उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिको रुपमा आत्मसाथ गरेको छ । श्रम शक्तिलाई दक्ष र व्यवसायीक बनाउने र स्वदेशमा नै रोजगारी सृजना अभिवृद्धि गर्ने नीति समेत सरकारको छ ।’

उहाँले समय सापेक्षित श्रमिकको न्युनतम पारिश्रमिकमा परिमार्जन गर्दै समयअनुकुल समायोजन गर्ने नीति कार्यान्वयन गर्दैै आएको जानकारी गराउनुभयो ।