
काठमाडौं, २२ असोज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पूर्वी रुकुमको दोस्रो जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
अधिवेशनले २१ सदस्य नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो । अधिवेशनबाट अध्यक्षमा तेजेन्द्र खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यस्तै, उपाध्यक्षमा दीपशिखर बोहरा र अविनाश हमाल चयन हुनुभएको छ भने सचिवमा शारदा सुनार चुनिनुभएको छ । सहसचिवको दुई पदमा चाइना पुन र कपिल थापा निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा अनुषा बुढामगर चुनिनुभएको छ ।








प्रतिक्रिया