६ श्रावण २०८३, बुधबार

सबै भूमिहीन, सुकुम्वासीलाई छिट्टै लालपुर्जा दिन्छौँ : मन्त्री अधिकारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २१ असोज । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सबै भूमिहीन, किसान, सुकुम्वासी र वर्षौँदेखि बसोबास गरिरहेका अव्यवस्थित बसोबासीहरुले छिट्टै लालपुर्जा पाउने बताउनुभएको छ ।

कपिलवस्तु र रुपन्देही जिल्लाका गाँउब्लकमा बसोबास गरेका करिब पन्ध्र सय परिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री अधिकारीले छिट्टै भूमि आयोग गठन गरिने जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १० पटना, कृष्णनगर नगरपालिका वडा नं. १२ मा रहेको बदगाउँ र रुपन्देहीको रोहीनी गाँउपालिकाको गाँउ ब्लक (मिनाह डिहि) मा वर्षौँदेखि अलपत्ररुपमा बसोबास गरेका परिवारहरुलाई लालपुर्जा वितरण गर्नुभएको हो ।

लालपुर्जा पाएपछि जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरु खुसी भएका थिए । वर्षौँदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पीडाबाट मुक्ति पाएको लालपुर्जा प्राप्त गरेपछि सहभागीले बताए ।