२१ असार २०८३, आइतबार

दुर्गा प्रसाईंका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु, ६ जना पक्राउ

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड, २१ असोज । दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टी–स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए ।

सुनसरीको दुहबीमा जुट (पाटा) पुर्‍याएर पूर्वतर्फ आउँदै गरेको ट्रकमा १०/१२ जनाको समूहले आगजनी गरी फरार भएको थियो । ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट ट्रर्कको अगाडिको भाग पूर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट ट्रर्कका चालक भारत इस्लामपुर बस्ने वर्ष ४० को प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते हुनुभएको थियो । उहाँको उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बंगाल मेडिकल कलेजमा भईरहेको अवस्थामा शनिबार मृत्यु भएको हो ।

चालकको मृत्यु भएपछि उहाँका आफन्तले आइतबार डेढ घण्टासम्म शवलाई नेपाल–भारत सिमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए ।

घटनापछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर शव नेपाल ल्याइएको छ । शव अहिले मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले प्रसाईंले भर्खरै गठन गरेको नागरिक प्रतिरक्षा बलका झापा संयोजक भीम तुम्बापोसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।