२५ कार्तिक २०८३, बुधबार

प्रधानन्यायाधीस राउतद्वारा शपथग्रहण (तस्वीरहरूसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । सर्वोच्च अदालतको प्रधानन्यायाधीस प्रकाशमान सिंह राउतले पद तथा गोपनीयतको शपथ लिनु भएको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई शपथ गराउनु भएको हो ।

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।

संसदीय सुनुवाइ समितिले यही असोज १६ गते प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियो। संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।