
काठमाडौं, २० असोज । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले काठमाडौं उपत्यका भित्रकै सबैभन्दा बढी प्रभावित गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको लागि सिंगो टिम सक्रिय भएको बताउनुभएको छ ।
उहाँले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै तत्काल बनाउन सकिने भौतिक पूर्वाधारहरु, ट्रयाकहरु खोल्ने कामहरु अगाडि बढाएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘उपत्यकाकै सबैभन्दा बढी प्रभावित क्षेत्र गोदावरी हो । त्यसमा पनि ६ र ७ नं. वडा अलि धेरै प्रभावित छन् । पहिलो चरणमा राहत र पुर्नस्थापनाको लागि नगरपालिका सिंगो टिम सक्रिय छौँ । तत्काल बनाउन सकिने भौतिक पूर्वाधारहरु ट्रयाकहरु खोल्ने कामहरु अगाडि बढाएका छौँ । सबै वडामा करिब खुलिसकेको छ भने यो ७ नं मा खोल्न गार्हो भएको छ । यसलाई पनि दुईचार दिनभित्र सबै बस्तीमा पुग्नेगरी बाटो खोल्ने छौँ ।’
उहाँले गोदावरीमा खानेपानीको समस्या एकदमै धेरै रहेको भन्दै खानेपानीको व्यवस्था गर्न अलि बढी समय चाहिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दशैंतिर लगत्तै पुननिर्माणको काम सुरु गर्ने छौँ । अर्को खानेपानीको समस्या छ । विद्युत प्राधिकरणको काम भइरहेको छ । अलिकति समय चाँही यो खानेपानीमा लाग्ने देखियो ।’










प्रतिक्रिया