
चितवन, २० असोज । नारायणगढ-मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा दुई वटा गाडीमा क्षति भएको छ । एउटा गाडीका यात्रुलाई केही नभए पनि अर्को गाडीका पाँच जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ढुंगाले लागेका दुवै गाडी आ-आफ्नो गन्तव्यतर्फ गइसकेको बताउनुभयो ।
काठमाडौंबाट बर्दिया जाँदै गरेको ना ७ ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ आउँदै गरेको बा प्र ०६९००१ ज ०२३६ नम्बरको माइक्रोबसमाथि गएराति ढुंगा खसेको थियो । ढुंगाले लााग्दा बर्दिया जााने बसका पाँच जना यात्रु घाइते भएका छन् । मााइक्रोबसका यात्रुलाई केही नभएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया