१ असार २०८३, सोमबार

मन्थलीका बाढीपीडितलाई राहत सामग्री वितरण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २० असोज । मकवानपुरको बकैया गाउँपालिका–१० मन्थलीमा बाढीपीडितहरुलाई राहत सामग्री वितरण गरिएको छ ।

राप्रपा मकवानपुर जिल्ला कार्यसमितिले भाँडाकुँडा, त्रिपाल, म्याट, बालबालिकाका लागि कपडा, पानी जार, विद्यार्थीहरुलाई झोलालगायतका सामान दिएको हो । ८० घर परिवारलाई सामग्री वितरण भएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनुभयो ।

असोज ११–१२ गतेको बाढीले बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीमा ८० घर बगाएको छ । उक्त घरहरु भएका स्थानमा खोला बगिरहेको छ ।