११ असार २०८३, बिहिबार

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौँ : प्रचण्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले आगामी निर्वाचनहरूमा एक्लै लड्ने संकल्प गरेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले माओवादी केन्द्रको पहिचान स्थापित गर्न आसन्न स्थानीय तहको उपनिर्वाचन र ०८४ को आम निर्वाचनमा एक्लै लड्ने संकल्प गरेको उल्लेख गर्नुभएको हो ।

उहाँले हालै सम्पन्न टानको निर्वाचनमा माओवादी समर्थित उम्मेदवारले एक्लै जितेपछि कांग्रेस र एमाले जस्ता प्रतिद्वन्द्वी दलहरू त्रसित भएको दाबी गर्नुभयो ।

दाहालले पार्टीका नेता र कार्यकर्तालाई आगामी उपनिर्वाचनमा विजय हासिल गरेर माओवादी केन्द्रले एक्लै चुनाव जित्न सक्छ भन्ने सन्देश दिन तयारी गर्न निर्देशन दिनुभयो । दाहालले वर्तमान सरकार जनताको सेवाका लागि नभएको टिप्पणी गर्दै जनताले यस सरकारबाट केही आशा गर्न नसक्ने बताउनुभयो ।