३० असार २०८३, मंगलबार

अमेरिकाद्वारा हुथी नियन्त्रित १५ वटा लक्ष्यमा आक्रमण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, १९ असोज । अमेरिकी सेनाले शुक्रबार यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा लक्ष्यमा आक्रमण गरेको बताएको छ । यमनको चार प्रान्तमा आक्रमण भएको इरान समर्थित अल मसीरा टेलिभिजन नेटवर्कले जनाएको छ ।

हुथीहरूको जहाज आक्रमण गर्ने क्षमतालाई रोक्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र बेलायतले बारम्बार आक्रमणहरू गरिरहेका छन्, तर लाल सागर र एडनको खाडी पार गर्ने व्यापारिक जहाजमा विद्रोहीको आक्रमण जारी छ ।

मध्यपूर्वमा अमेरिकी सेनाका लागि जिम्मेवार सैन्य कमान्डले सामाजिक सञ्जालमा भनेको छ, ‘अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) सेनाले आज यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा हुथी लक्ष्यमा आक्रमण गरेको छ ।’

‘यी लक्ष्यमा हुथी आक्रामक सैन्य क्षमताहरू रहेका थिए’, सेन्टकमले बतायो, ‘नेभिगेसन स्वतन्त्रताको रक्षा गर्न र अन्तर्राष्ट्रिय जललाई अमेरिका, गठबन्धन र व्यापारिक जहाजका लागि सुरक्षित बनाउनका लागि यो आक्रमण गरिएको हो ।’

हुथी समूहले गाजा युद्धको समयमा प्यालेस्टिनीसँग एकताको सङ्केत गर्ने उद्देश्यले नोभेम्बरदेखि नै विश्वव्यापी रूपमा महत्त्वपूर्ण जलमार्गमा समुद्री यातायातमा बाधा पुर्‍याउने लक्षयले इजरायलसँग जोडिएका जहाजमा आक्रमण गर्दै आएका छन् ।

हुथी आक्रमणको जवाफमा इजरायलले पनि यमनमा आक्रमण गरेको छ । विद्रोहीहरूले इजरायलको बेन गुरियन विमानस्थलमा आक्रमण गरेको बदलामा गत महिना होदेइडामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो । एएफपी