९ असार २०८३, मंगलबार

बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, १९ असोज । संघीय सरकारले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

कमलामाई नगरपालिका–९ भीमानस्थित सुके खोलाको बाढीमा ज्यान गुमाएका ४६ वर्षीय कृष्णबहादुर बोगटी र पहिरोमा पुरिएका सुनकोशी गाउँपालिका–१ नेपालथोकका १२ वर्षीय विनय कोइरालाका अभिभावकलाई दुई लाख रुपैयाँका दरले आर्थिक सहयोग गरिएको हो ।

मन्त्रिपरिषद्को हालैको बैठकले मृतकका आफन्तलाई प्रति मृतक दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेबमोजिम उक्त रकम प्रदान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताउनुभयो ।