२३ कार्तिक २०८३, सोमबार

चाडवाडका बेला कुनैपनि विमान होल्ड नगर्न मन्त्री पाण्डेको निर्देशन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुनेगरी कुनैपनि गतिविधि नगर्न आग्रह गर्नुभएको छ ।

विमान परिचालकहरुको आन्दोलनपछि उडान रद्द हुँदा दुबई र हङकङका दुईवटा उडान रद्ध भएका थिए । ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक/परिचारिका) हड्तालमा उत्रिएपपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरुलाई मन्त्रालयमा बोलाएर छलफल गर्नुभएको हो ।

छलफलका कममा मन्त्री पाण्डेले चाडबाड र संकटको अवस्थामा कुनैपनि हालतमा सेवालाई नरोक्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतलेसमेत दुई पटक छुट्टाछुट्टै आदेश दिएको छ । उक्त विषय अदालतले अन्तिम टुंगो लगाएको छैन । यसबीचमा विनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैन ? यसबारे कानुनविद् र महान्यायाधिवक्तालाई बुझ्छौँ । चाडबाड र संकटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिदिनुहोस् ।’

मन्त्री पाण्डेसँगको कुरामा विमान परिचालिका एवम् परिचालकहरुले भने आजै पुनः छलफल गरी काममा फर्किने गरी टुंगोमा पुग्ने विश्वास दिलाएका छन् ।

निगममा कार्यरत परिचारिका र परिचारकहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए । यस मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए ।