२४ असार २०८३, बुधबार

मातृभूमि लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।

आज एक कार्यक्रमकाबीच मातृभूमि लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्मा र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलमार्फत आउँदो कार्तिक १ गतेदेखि उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।