२५ जेष्ठ २०८३, सोमबार

म राजनीतिमा आएपछि सहकारीलाई ठूलो विषय बनाइयो : रवि लामिछाने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाठौं, १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू राजनीतिमा आएपछि सहकारीको विषयलाई ठूलो बनाइएको बताउनु भएको छ ।

आज चितवनमा-२ का आफ्ना मतदातासँग सार्वजनिक सुनुवाई गर्नुहुँदै सांसदसमेत रहनु भएका सभापति लामिछानेले आफू कहिलै पनि लुकेर, डाँटेर, भागेर हिँडेको मान्छे नभएको स्पष्ट पार्नुभयो ।

आफू पहिला पनि आम नागरिकको सेवा गर्दै हिँडेको मान्छेको भएको उल्लेख गर्नुहुँदै उहाँले त्यतिखेर कसैको गुनासो आएको भए आफूले त्यतिखेरै खोजी गर्ने बताउनुभयो ।

सहकारी सञ्चालकले सहकारी सही ढंगले सञ्चालन गरिरहनु भएको छ भने कसले के भन्छन् भन्ने विषयमा चिन्ता लिनु नपर्ने उहाँको भनाइ छ ।