
काठमाडौं, १८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएको छ ।
पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ ।
पूर्वराजा शाह हाल भुटान भ्रमणमा रहनुभएको छ । उहाँ आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया