
काठमाडौं, १७ असोज । गत असोज १० र १२ गते परेको अविरल वर्षाका कारण बाढी प्रभावित क्षेत्रमा नेकपा (एमाले)को युवा विद्यार्थी विशेष जिल्ला कमिटीको तर्फबाट स्वयंसेवक टोली परिचालन गरिएको छ ।
पार्टी केन्द्रको निर्देशन बमोजिम जिल्ला अध्यक्ष रामजी सापकोटाको नेतृत्वमा स्वयंसेवक टोली ललितपुर महानगरपालिका वडा नं. १८ को आदिनाथ मार्ग बागमती नख्खु दोभानमा खटिएको हो ।
स्वयंसेवक टोलीले घरधनीहरूको अनुरोधमा बाढीले पुरिएका सामानहरू निकाल्ने, घर सफा गर्ने र घरका भग्नावशेषहरू हटाउने काम गरेको छ ।
टोलीमा एमाले केन्द्रीय सदस्य रमेश पौडेल, उपत्यका प्रदेश अध्यक्ष प्रेम पराजुलीलगायत ललितपुर इलाका कमिटीका युवा विद्यार्थीहरू सहभागी हुनुहुन्थ्यो ।










प्रतिक्रिया