१४ असार २०८३, आइतबार

हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । लेबनानमा हिजबुल्लाहविरुद्धको जमिनी लडाई लड्न गएका आठ इजरायली सेनाको मृत्यु भएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै लेबनानमा आफ्ना आठ सात सैनिक मारिएको जनाएको छ ।

इजरायलले दक्षिणी लेबनानमा स्थलगत कारबाही सुरु गरेको छ । यद्यपि इजरायलले भने यो कारबाही सीमित हुने जनाएको छ ।

यसअघि इजरायलले लेबनानमा आफ्ना एक सैनिकको मृत्यु भएको बताएको थियो, जसको पहिचान क्याप्टेन एथान यित्जाकको रूपमा खुलासा गरिएको थियो । कप्तान एथान २२ वर्षका हुनुहुन्थ्यो ।

क्याप्टेन एथान लेबनानमा भूमिगत कारबाहीमा मारिने पहिलो इजरायली सैनिक हुनुहुन्छ । कप्तान एथान इगोज युनिटको टोली कमाण्डर हुनुहुन्थ्यो । जुन एक एलिट कमाण्डो समूह हो ।