२६ असार २०८३, शुक्रबार

वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनियानी, १७ असोज । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा पाँच करोड २१ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा पाँच करोड २१ लाख ५१ हजार ९०० रुपैयाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

झापा गाउँपालिका ४० दशमलव पाँच हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा ४८ लाख रुपैयाँ, गौरीगञ्ज गाउँपालिका एक सय हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा एक करोड ७७ लाख ९२ हजार तीन सय रुपैयाँ, भद्रपुरमा धानबाली र सागसब्जीमा क्षति पुग्दा १९ लाख २६ हजार रुपैयाँ, गौरादहमा धानबाली र बाली गरेर एक करोड ६० हजार रुपैयाँ र मेचीनगर नगरपालिकामा धान र सागसब्जीमा गरी एक करोड ७५ लाख ७३ हजार छ सय रुपैयाँ बराबरको क्षति भएको छ ।

‘हालसम्म पाँचवटा पालिकाको क्षति विवरण प्राप्त भएको छ’, उहाँले भन्नुभयो, ‘विवरण सङ्कलन जारी छ ।’ केन्द्रका प्रमुख सागर विष्टले भन्नुभयो ।