२ श्रावण २०८३, शनिबार

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान प्रस्थान

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । पूर्वराजा ज्ञानेन्द्र शाह भुटानको राजधानी थिम्पु प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु प्रस्थान गर्नुभएको हो ।

भुटानी राजपरिवारको निमन्त्रणामा उहाँ भुटान भ्रमणमा जानुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँको साथमा छोरी प्रेरणा र भतिजी सितास्मा शाह पनि हुनुहुन्छ ।

यसैगरी, सचिवालयका केही सहयोगीहरू पनि भ्रमण दलमा सामेल छन् ।

पूर्वराजा शाह आइतबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

भुटान र नेपाल दुवै हिमाली मुलुक हुन् र दुवैमा लामो समयसम्म राजतन्त्र रहेको थियो । भुटानमा अझै राजतन्त्र कायम छ भने नेपालमा २०६५ सालमा गणतन्त्र घोषणा भएको थियो ।