२९ जेष्ठ २०८३, शुक्रबार

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय ३३ पुग्यो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । देशभर बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय ३३ पुगेको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीकाअनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।