
काठमाडौं, १७ असोज । प्रेसिडेन्ट बिजनेस ग्रुपले बडादशैंको अवसरमा पक्कु फेस्टिभलको आयोजना गर्ने भएको छ ।
ग्रुपले नेपालहरुको सबैभन्दा ठूलो पर्व बडादशैंको अवसरमा आजदेखि असोज २१ गतेसम्म फेस्टिभल आयोजना गर्न लागेको जनाएको छ ।
होटल प्रेसिडेन्टको महाराजगञ्जस्थित शाखामा खसीको मासुको विशेष परिकार पक्कु फेस्टिभल हुन लागेको हो ।
बिजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारीले पक्कु फेस्टिभल नौलो र विशिष्ट प्रकारको हुने बताउनुभयो । उहाँले मौलिक संस्कृति र परम्पराको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पक्कु फेस्टिभल आयोजना गर्न लागिएको बताउनुभएको छ ।









प्रतिक्रिया