१२ असार २०८३, शुक्रबार

एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेञ्ज अफर सार्वजनिक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले चाडपर्व विशेष एक्साइड मेघा फेस्टिभ अफर कार्यक्रम सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्रीहरु साट्दा ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ भने १२० जना भाग्यशाली ग्राहकहरुलाई लक्की ड्रमार्फत क्यास ब्याक प्रदान गरिने कम्पनीले जनाएको छ ।

लक्की ड्रमार्फत क्यास ब्याक प्राप्त गर्नका लागि आफूले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टीमार्फत सिप्रदी स्टार्स एपमा दर्ता गरिएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

नजिकिँदै गरेको चाडपर्वलाई अझै विशेष रुपमा मनाउनका लागि तथा ग्राहकवर्गमा थग उल्लास भर्नका लागि यस किसिमको एक्सचेञ्ज अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

देशकै नम्बर एक ब्याट्री ब्राण्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।