३० जेष्ठ २०८३, शनिबार

इजरायलमाथि इरानको आक्रमण, तेहरानमा मनाइयो खुशीयाली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । इजरायलमा इरानले मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरु खुशी मनाएको देखिएका छन् ।

बेलायती दूतावास बाहिर पनि केही मानिस भेला भएका थिए । मानिसहरूले यहाँ पनि उत्सव मनाए ।

यस क्रममा धेरै मानिसहरूको हातमा हिजबुल्लाह नेता नसरल्लाहको फोटो पनि देखियो । कतिपयले पटाकासमेत पड्काएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यसैबीच, इरान र इजरायलका राजदूतहरूले संयुक्त राष्ट्र संघमा आफ्नो धारणा तीव्र स्वरमा राखेका छन् । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले इजरायलको थप कारबाहीको उचित जवाफ दिइने चेतावनी दिएका छन् ।

इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बदला लिने कुरा गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘इरानले आज ठूलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ । हामी हाम्रो नियममा अडिग रहनेछौँ । जसले हामीलाई आक्रमण गर्छ, हामी उसलाई आक्रमण गर्नेर्छौँ ।’