
काठमाडौं, १६ असोज । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बंगलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यकाअनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढंगले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौं महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरूलाई अध्यागमन विभाग पठाइएको छ ।








प्रतिक्रिया