२८ असार २०८३, आइतबार

युवा उद्यमीलाई प्रोत्साहन गर्न मञ्च र एड्भरटाइजिङबीच सम्झौता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, १६ असोज । युवा उद्यमीहरुको साझा संस्था नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेश र नयन एड्भरटाइजिङ प्रालिबीच सहकार्यको लागि सम्झौता भएको छ ।

मंगलबार नयन एड्भरटाइजिङ प्रालि इटहरीको कार्यालयमा सम्झौता भएको हो । रोजगारीको अभावमा युवाहरू देश छाड्न बाध्य भएको अवस्थामा यो सम्झौताले भने युवाहरूलाई देशमै रोजगारीको अवसर सृजना गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।

सक्रिय युवा उद्यमीलाई सञ्चारमाध्यममार्फत प्रोत्साहन र हौसला प्रदान गर्ने नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशका अध्यक्ष मुनम रिजालले बताउनुभयो । ‘देशमा रोजगारी बढाउन, आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन गर्नुपर्छ,’ रिजालले भन्नुभयो, ‘अहिलेको समयमा युवालाई प्रोत्साहन गर्ने महत्वपूर्ण माध्यम सञ्चारमाध्यम नै हो ।’ उहाँले युवा उद्यमीलाई विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न सरकारी नीतिबाटै सहजीकरण र प्रोत्साहन गर्न सञ्चारमाध्यमबाट दबाब सिर्जना गर्नुपर्ने जनाउनुभयो ।

सम्झौताअनुसार उद्योग परिसंघले युवा उद्यमीले गरेका उदाहरणीय कार्य, संघर्षका चरण, प्रगतिलगायतका भावी पुस्तालाई सन्देश हुने सकारात्मक सन्देश नयन एड्भरटाइजिङ प्रालिद्धारा सञ्चालन प्रदेश खबर डटकममार्फत प्रकाशन गरिनेछ । एड्भरटाइजिङका अध्यक्ष तथा प्रदेश खबर डटकमका सम्पादक पवन अधिकारी र सस्थाका अध्यक्ष रिजालबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

अधिकारीले युवा उद्यमीहरूलाई सञ्चारमार्फत जोड्न पाउनु हर्षित भएको बताउनुभयो । उहाँले देशमै सकारात्मक सोचसहित नयाँ र रचनात्मक काम गर्न चाहने युवाहरुलाई यस सम्झौता कोशेढुंगा सावित हुने दाबी गर्नुभयो ।