१३ असार २०८३, शनिबार

त्रिकोणात्मक टी-२० सिरिज : क्यानडासँग नेपाल पराजित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । नेपाल त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । त्यसअघि नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध दुवै खेलमा हारेको नेपालले टी-२० खेलमा पनि दुवै खेलमा पराजित भएको छ ।

यो जितपछि क्यानडाले सिरिजमा ३ खेलमा दोस्रो जित हासिल गरेको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।

अब सिरिजअन्तर्गत आज नेपालले ओमानको सामना गर्दैछ ।