४ श्रावण २०८३, सोमबार

अखिल क्रान्तिकारीले उमेर हदको विवाद मतदानबाट टुंग्याउँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले उमेर हदबारेको विवाद मतदानबाट टुंग्याउने भएको छ । मंगलबार मध्याह्न १२ बजेपछि मतदान प्रक्रिया सुरू गर्ने तयारी रहेको क्रान्तिकारीका नेताहरुले बताएका छन् ।

अखिल क्रान्तिकारीले उमेर हदको विवाद टुंगाएपछि बुधबार नेतृत्वका लागि निर्वाचन हुने बताइएको छ ।

बिहीबारदेखि सुरू भएको महाधिवेशनमा उमेर हद लागू गर्नुपर्ने आवाज उठेपछि मुलपार्टी माओवादी केन्द्रले हलबाटै उमेर हदको विवाद टुंग्याउन निर्देशन दिएको थियो ।

सोमबार मतदानको प्रक्रिया सुरु गर्ने भनिएको भएपनि निवर्तमान उपाध्यक्ष तुकमान महरा नेतृत्वको टोलीले हंगामा गरेर कुर्सी हानाहान गरेपछि निर्वाचन प्रक्रिया रोकिएको थियो ।

अखिल क्रान्तिकारीमा नेताहरुको उमेर हद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद रहेको छ । उमेर हद लागु भएमा अहिले नेतृत्वको दाबी गरेका लगभग सबै नेताहरुको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ ।

अहिले क्रान्तिकारीको नेतृत्वको लागि इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौं नेता अध्यक्षका आकाङ्क्षी रहेका छन् ।

यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने बताएको छ ।