
काठमाडौं, १५ असोज । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।
कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्न लागेको जनाएको हो ।
पार्टीको संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ ।
दुवै बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।









प्रतिक्रिया