१७ असार २०८३, बुधबार

गढीमाई मेला व्यवस्थापन समिति गठन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १५ असोज । पञ्चवर्षीय गढीमाई मेला सञ्चालन गर्न समिति गठन गरिएको छ । आगामी मंसिरमा लाग्ने मेलालाई सभ्य, भव्य बनाउन महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा एक सय ११ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षहरुमा मनोजकुमार गुप्ता, रामचन्द्रप्रसाद साह, रामबाबुप्रसाद यादव र कलैश महतो चयन हुनुभएको नवगठित मेला समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । समितिको महासचिवहरुमा वीरेन्द्रप्रसाद यादव, नरेशप्रसाद जयसवाल, उपेन्द्रप्रसाद गुप्ता, सचिवहरुमा उमरावती देवीलहेरीन, नितुकुमारी गुप्ता र कोषाध्यक्षमा वीरेन्द्रप्रसाद चौरसिया चयन हुनुभएको छ ।

समितिको सदस्यमा सबै राजनीतिक दलका प्रतिनिधि, १६ वटा पालिकाका प्रमुख र उपप्रमुख छन् । गढीमाई मेलामा एसिया महादेशका अधिकांश ठाउँबाट मेला भर्न तीर्थयात्रीहरु आउने गर्दछन् ।