
काठमाडौं, १४ असोज । जनता एग्रो एण्ड फरेष्ट्रि र थाइल्यान्डको राजधानी बैंककस्थित रहेको बिजम्याच सोलुसनबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपालमा उत्पादन गरिएका प्रोडक्टहरुलाई थाईल्याण्डमा प्रमोट गर्ने उदेश्यका साथ सम्झौतामा हस्ताक्षर गरिएको हो ।
सम्झौतामा सेप्टेम्बर २५ मा बिजम्याच सोलुसनका तर्फबाट अध्यक्ष तथा सह–संस्थापक चित्रा मङ्गमा र जनता एग्रो एण्ड फरेष्ट्रिको तर्फबाट मार्केटिङ म्यानेजर आशिष सिलवाल र निसा देवकोटाले हस्ताक्षर गर्नुभएको हो ।
उक्त संस्थासँग सहकार्य गरी थाइल्याण्डको बैंककमा नेपाली उत्पादनलाई निर्यात गरी “मेड इन नेपाल” भनेर बजारीकरण गर्ने योजना रहेको कम्पनीले जनाएको छ । व्यावसायिक कृषि, वनपैदावर, जडीबुटी तथा अन्य सम्बन्धित व्यवसायको विकास गर्दै नेपाली उत्पादनलाई विश्वबजारमा निर्यात गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल र दिगो बनाउने लक्ष्य रहेको जनता एग्रो एण्ड फरेष्ट्रिले जनाएको छ ।
कम्पनीले विदेशी संस्थासँग सहकार्य गर्दा नेपालको उत्पादनलाई विश्वबजारमा प्रवर्द्धन गर्ने र उद्यमशीलता विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्ने हुँदा जनता एग्रो एण्ड फरेष्ट्रिले बिजम्याच सोलुसनसँगको सहकार्यमा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा सफल बनाउन प्रतिबद्धता व्यक्त गरेको छ ।
सहकार्यले नेपाली उत्पादनलाई विश्व बजारमा थप अवसर प्रदान गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । संस्थागत एवं संयुक्त दायित्वहरू पूरा गर्ने प्रतिबद्धतासहित सम्झौतामा हस्ताक्षर गरी सहकार्यलाई अगाडि बढाइने जाकारी दिइएको छ ।








प्रतिक्रिया