२० असार २०८३, शनिबार

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २०९ पुग्यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।

गृहमन्त्रालयका अनुसार सोमबार साँझसम्मको अपडेट अनुसार २०९ जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, २९ जना अझै बेपत्ता छन् भने बाढीपहिरोबाट उद्धार गरिएका १४२ जना घाइते रहेका छन् ।

अहिलेसम्म काभ्रे, ललितपुर र सिन्धुली लगायतका जिल्लाबाट हेलिकप्टरमा ७१३ भन्दा बढीको उद्धार गरिएको छ भने अहिलेसम्म कुल ४ हजारभन्दा बढीको उद्धार गरिएको छ ।