३१ जेष्ठ २०८३, आइतबार

दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । साइबर अपराको आरोपमा पक्राउ पर्नु भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्वा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले आज काठमाडौं जिल्ला अदालतमा मुद्वा दायर गरेको हो । प्रसाईंविरुद्ध साइबर सम्बन्धी दुईवटा मुद्दा दायर गरिएको बताइएको छ ।

प्रसाईलाई असोज ६ गते प्रहरीले भक्तपुरस्थित घरबाटै पक्राउ गरेको थियो । प्रसाईंसँगै पक्राउ पुर्जी भएका जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार हुनुहुन्छ ।