३० असार २०८३, मंगलबार

एमालेको ‘समाजिक सेवा केन्द्र’ ले बाढीपहिरो पीडितलाई १ करोड बढीको सहयोग गर्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । बाढीपहिरोका पीडितहरूको उद्वार र सहयोगमा निरन्तर जुटिरहेको नेकपा (एमाले) को ‘सामाजिक सेवा केन्द्र’ ले बाढीपहिरोका पीडितलाई एक करोड बढीको सहयोग गर्ने भएको छ ।

सामाजिक सेवा केन्दबाट अहिलेको विपदमा १ करोड रुपैयाँ बराबरको राहात वितरणको काम भैरहेको सामाजिक सेवा केन्द्रका संयोजक मोतिलाल दुगडले जानकारी दिनुभयो।

काठमाडौं उपत्यका तथा देशभर भएको धनजन क्षतिलाई आत्मसाथ गर्दै सामाजिक सेवा केन्द्रले काम गरिरहेको उहाँले बताउनुभयो ।

एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख तथा सामाजिक सेवा केन्द्रका संयोजक रहनुभएका दुगडले उद्धार तथा राहत वितरणमा सहयोग गरिरहेको जानाकारी दिनुभयो । देशभरको क्षति भैरहेको तथ्याङको आधारमा खटिइरहेको बताउनुहुँदै उहाँले तत्काल उद्धार गर्नुपर्नेहरुलाई उद्धार गरिरहेको साथै राहत चाहिनेलाई राहतको व्यवस्था गरिरहेको बताउनुभयो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री समेत रहनुभएका केपी शर्मा ओलीको निर्देशनमा यो काम भैरहेको संयोजक दुगडको भनाई छ ।

२०७८ सालमा १९ ले जनजीवन प्रभावित भैरहेको अवस्थामा एमालेले परोपकार कार्य गर्न भन्दै नयाँ संरचना ‘सामाजिक सेवा केन्द्र’ गठन गरेको थियो ।