२० असार २०८३, शनिबार

बाढीपहिरोले सडक अवरुद्ध, काठमाडौंमा महँगियो तरकारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीअनुसार काठमाडौंमा तरकारीको भाउमा उच्च वृद्धि भएको छ ।

अविरल वर्षाका कारण काठमाडौं जोड्ने अधिकांश सडकमा क्षति पुगेसँगै सवारी आवागमन हुन नसक्दा काठमाडौंमा तरकारी महँगिएको हो ।

आज सुकेको प्याजको भाउ प्रतिकेजी १३० रुपैयाँ पुगेको छ । यसअघि भने ११८ रुपैयाँ ३३ पैसा तोकिएको थियो ।

लोकल गाजर १९० रुपैयाँबाट बढेर २२६ रुपैयाँ ६७ पैसा, तराई गाजर १९० रुपैयाँ, लोकल बन्दा १०५ रुपैयाँ, रातो आलु ८१ रुपैयाँ, सेतो मूला ३० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ४२६ रुपैयाँ ६७ पैसा रहेको छ भने पार्सले प्रतिकेजी २ हजार २६६ रुपैयाँ ६७ पैसा पर्नेछ ।

त्यस्तैगरी, हरियो धनियाँ १७ रुपैयाँ सस्तिएर ३८३, हरियो लसुन १०० रुपैयाँ सस्तिएर २७६ रुपैयाँ र रायो साग ५० रुपैयाँ सस्तिएर ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।