३२ असार २०८३, बिहिबार

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै, फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै हुनुहुन्छ । अमेरिका भ्रमणमा रहनुभएका प्रधानमन्त्री आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम छ । त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिनुहुनेछ ।

गत असोज चार गते संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क जानुभएको थियो । प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्नुभएको थियो ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरुसँग साइडलाइन वार्तासमेत गर्नुभएको थियो ।