
काठमाडौं, १३ असोज । भारतको दिल्ली विमानस्थलबाट पक्राउ पर्नुभएका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ ।
उहाँलाई काठमाडौंबाट आजै बागलुङ पठाइएको प्रहरीले जानकारी दिएको छ ।
उहाँ इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठगीको आरोपमा १६ महिनादेखि फरार रहँदै आउनु भएको थियो ।
प्रहरीले उहाँसहित दुईजनालाई पक्राउ गरेको हो ।








प्रतिक्रिया