२८ जेष्ठ २०८३, बिहिबार

हेलिकप्टरबाट १६१ जनाको उद्दार, काभ्रेमा तीनवटा हेलिकप्टर

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । गृह मन्त्रालयले शनिबार र आइतबार बिहानसम्म गरी हालसम्म नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्दार गरेको छ ।

गृह मन्त्रालयकमाम प्रवक्ता एवं सहसचिब ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्दार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो ।

खराब मौसमका कारण शनिबार नै हेलिकप्टर त्यहाँ पठाइएपनि उद्दार गर्न असहज भएको थियो । काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्दार कार्य जारी राखेको छ । प्रवक्ता तिवारीले गृह मन्त्रालयको अनुरोधमा विपद्को जोखिममा रहेका नागरिकहरुको उद्दारमा सेनाले लगातार हवाइ उद्दार गरिरहेको बताउनुभयो ।

त्यसैगरी शनिबार काठमाण्डौं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाइ उद्दार गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको जानकारी दिनुभयो । गृह मन्त्रालयको तथ्याङ् अनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते हुनु भएको छ ।