३१ जेष्ठ २०८३, आइतबार

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या एक सय पुग्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या एक सय पुगेको छ ।

गृह मन्त्रालयकाअनुसार प्राकृतिक विपत्तिमा परी ६७ जना बेपत्ता भएका छन् भने एक सय एक जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले दिएको जानकारीअनुसार सबैभन्दा बढी मृत्यु ललितपुरमा भएको छ, जहाँ २० जनाले ज्यान गुमाएका छन् । त्यसपछि धादिङमा १५, काठमाडौंमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बु, पाँचथर र भक्तपुरमा ५/५ जनाको मृत्यु भएको छ ।

अन्य जिल्लाहरूमा पनि क्षति भएको छ । दोलखामा ३, सिन्धुली र धनकुटामा २/२ जना, महोत्तरीमा २, रामेछाप, झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा १/१ जनाको मृत्यु भएको छ ।

प्रवक्ता तिवारीकाअनुसार बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि ९ हजार ९ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

हालसम्म ३ हजार ०३९ जनाको उद्धार गरिएको छ ।