२७ असार २०८३, शनिबार

अवरुद्ध यातायात सहज बनाउन यातायातमन्त्री दाहालको निर्देशन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढी, पहिरोका कारण अवरुद्ध यातायात जति सक्दो चाँडो सहज बनाउन निर्देशन दिनुभएको छ । सम्वद्ध निकायहरुबीच समन्वय गरी सडक तथा यातायात क्षेत्र सहज बनाउन उहाँले निर्देशन दिनुभएको हो ।

अविरल वर्षा पछि आएको बाढी र पहिरोका कारण विभिन्न राजमार्गमा क्षति पुर्‍याउनुका साथै कतिपय पुलसमेत बगाए पछि उत्पन्न परिस्थितिलाई ध्यान दिई सडक मर्मत तथा व्यवस्थापनमा जुट्न उहाँको निर्देशन छ । मौसमी प्रतिकूलताका कारण उत्पन्न भएको परिस्थितिमा सबै पक्षले सहकार्य र समन्वय गरी सहज स्थिति निर्माणमा जुट्नु पर्ने पनि उहाँले बताउनुभएको छ ।

यस्तै, मन्त्रालयका सचिव केशवकुमार शर्माले देशैभरि बाढी तथा पहिरोले क्षति गरेका स्थानको सडक यातायात सहज बनाउन सडक विभागमार्फत उपकरण तथा जनशक्ति परिचालन गरिएको जानकारी दिनुभएको छ । पहिरो पन्छाई सडक सूचारु गर्न सकिने स्थानमा तुरुन्तै आवागमन सहज बनाउन मन्त्रालय तथा विभाग परिचालित भएको उहाँले जनाउनुभयो ।

यसैबीच, अविरल वर्षा र बाढीका कारण २३ राजमार्गका ६४ स्थानमा सडक अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सुशिलबाबु ढकालले विज्ञप्ति जारै गर्दै राजमार्गका ती खण्डमा पहिरो जानुका साथै अवरुद्ध भएका विभिन्न खण्डमा सडक खुलाउने प्रयास जारी रहेको जनाउनुभएको छ ।

मुग्लिन-पोखरा सडक खण्ड तथा मलेखु-मुग्लिन-नारायणगढ सडक खण्डका पहिरो पन्छाई सडक सूचारु अवस्थामा राखिएको विज्ञप्तिमा उल्लेख छ ।