१९ असार २०८३, शुक्रबार

बाढीपहिरोमा परेर हालसम्म ६६ जनाको मृत्यु, कति बेपत्ता ? (अपडेट)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परेर हालसम्म देशभर ६६ जनाको मृत्यु भएको छ ।

शसस्त्र प्रहरी बलले दिएको जानकारी अनुसार आज साँझ सम्म ७९ जना बेपत्ता छन् भने ३५ जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८, पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जना रहेका छन् ।

यस्तै, ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता भएका हुन् ।