
बर्दिवास, १२ असोज । नेकपा (एमाले) मधेश प्रदेश कमिटीको आयोजनामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि (नगरप्रपुख/उपप्रमुख-पालिका अध्यक्ष/उपाध्यक्षहरु)को दुईदिने प्रशिक्षण तथा समीक्षा बैठक महोत्तरीको बर्दिवासमा आज सम्पन्न भएको छ ।
बैठकमा पार्टीका केन्द्रीय सचिव तथा स्थानीय विकास विभाग प्रमुख छविलाल विश्वकर्माको प्रमुख आतिथ्यता, पार्टीका स्थायी कमिटीका सदस्य एवं मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो ।
बैठकमा मधेश प्रदेशका आठै जिल्लाका इन्चार्ज, अध्यक्ष, प्रदेश पदाधिकारी, स्थानीय विकास विभाग सदस्य नवराज गेलाल, पालिका प्रमुख/उपप्रमुखको उपस्तिथि रहेको थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै एमाले सचिव विश्वकर्माले पार्टीको मिसन ८४ मा सफल हुन सबैले आफ्नो आफ्नो ठाउँबाट इमानदारीता पूर्वक लाग्नुपर्ने र त्यसको आधार स्तम्भ जनप्रतिनिधिहरु रहेको बताउनुभयो । उहाँले पार्टीले जितेका पालिका र अन्यले जितेका पालिकामा भिन्नता हुनुपर्ने बताउनुभयो ।
सचिव विश्वकर्माले एमालेको ९ महिने कार्यकाल जसरी स्वर्णिम बन्यो मधेश प्रदेशमा पनि एमालेले नेतृत्व गरेको पालिकाहरुको प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको कार्यकाल पनि स्वर्णिम हुनुपर्छ, जनताले सम्झन लायक हुनुपर्छ भन्दै सकारात्मक सोचका साथ जनताको सुखदुखको साथी बन्न जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभयो ।
बैठकको अध्यक्षता एमाले मधेशका अध्यक्ष चन्देश्वर मन्डलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव मनोज पौडेलले गर्नुभएको थियो ।
बैठकमा पालिका प्रमुखहरुले आ-आफ्नो पालिकाका प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।










प्रतिक्रिया