३१ असार २०८३, बुधबार

मुख्यमन्त्री कार्कीद्वारा कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुबान क्षेत्रको निरीक्षण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १२ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुबान क्षेत्रको निरीक्षण गर्नुभएको छ । दिउँसो मुख्यमन्त्री कार्की तथा तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुख सहभागी हुनुहुन्थ्यो ।

मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्दार गर्न सुरक्षा निकायका प्रमुखहरुलाई आग्रह गर्नुभयो । स्थलगत निरीक्षणपछि मुख्यमन्त्री कार्कीले उनीहरुको उद्दारका लागि सुरक्षा निकायसँग समन्वय गर्नुभएको हो । उनीहरुलाई हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी भइरहेको छ ।

यस्तै, मुख्यमन्त्री कार्कीले प्रदेशभर वर्षा भइरहेको र बाढी पहिरो आइरहेको अवस्थामा तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।

अहिले प्रदेशका सबै बाढी पहिरो गएको क्षेत्रमा उद्दार र राहतको काम सुरु भएको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । अहिले कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० मापन गरिएको छ ।

कोशीमा पानीको बहाव लगातार बढेपछि मुख्यमन्त्री कार्कीको निरीक्षण लगत्तै कोशी ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारी साधनलाई आवागमनमा रोक लगाइएको छ ।