
काठमाडौं, १२ असोज । देशभर अविरल वर्षा भइरहेको छ । बाढी, पहिरो र डुबानले ल्याएको विपत्तिले सबैलाई चिन्तित बनाएको छ । तर यस्तो विषम परिस्थितिमा पनि एक आशाको किरण देखा परेको छ- नेपाल प्रहरी ।
अविरल वर्षाले सृजना गरेको विपत्तिमा २० हजारभन्दा बढी प्रहरीहरू दिनरात नभनी सेवामा खटिएका छन् । उनीहरूको अथक प्रयासले हजारौं जीवन बचिरहेको छ ।

विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाहरुको खोज तथा उद्दार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रुपमा परिचालन भएको छ ।
पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्दार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै ८ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ छन्, जसले बाढी पीडितहरूको उद्दार गरिरहेका छन् । नेपाली सेनाले हेलिकप्टरमार्फत जटिल स्थानहरूबाट पनि उद्धार कार्य गरिरहेको छ ।

गृह मन्त्रालयकाअनुसार शनिबार दिउँसोसम्म १ हजार ५३ जनाको सफल उद्धार गरिएको छ ।

दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर ५३ जनाको मृत्यु भएको छ ।
बाढी र पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
संकटको साथी प्रहरी, हेर्नुस् तस्वीरहरू









प्रतिक्रिया