३० असार २०८३, मंगलबार

नख्खु खोलामा जीवनको बाजी: चानिकलाल र पूर्ण केसीको अदम्य साहसले दुई जनाको जीवितै उद्दार

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । ललितपुरको नख्खु खोलामा आएको बाढीले बगेका तीनै जनाको उद्दार भएको छ । बाढी पसेपछि लामो समयसम्म उनीहरु उद्दारका लागि टहरोको माथि उभिएर बसेका थिए । तर समयमै उद्दार गर्न सक्ने अवस्था नभएपछि हेर्दा हेर्दै उनीहरुलाई टहरोसहित बाढीले बगाएको थियो ।

तर त्यहाँ उपस्थित दुई जनाले आफ्नो जीवनको परवाह नगरी अरूको प्राण बचाउन अग्रसर हुनुभयो । उहाँ हुनुहुन्छ- पूर्ण केसी, चनिकलाल तामाङ ।

केसी, जो नेकपा (एमाले) लुम्बिनी प्रदेश समन्वय कमिटीका सचिवसँगै स्थानीय टोल सुधार समितिका अध्यक्ष हुनुहन्छ । उहाँले आफ्नो क्षमता र मानवीय संवेदनशीलता देखाउनुभयो । उहाँले काभ्रेका चनिकलाल तामाङसँग मिलेर दुई जनालाई तत्काल उद्दार गर्न सफल हुनुभयो ।

उहाँहरुले उर्लंदो पानी, भत्किँदै गरेका टहराहरू र त्यसबीच आफ्नो ज्यानको बाजी लगाएर पौडेर दुई जनाको जीवितै उद्दार गर्न सफल हुनुभयो ।

उहाँहरूको साहस र निस्वार्थ सेवाले सबैलाई संकटको समयमा एकजुट भएर काम गर्दा ठूला चुनौतीहरू पार गर्न सक्छौँ भन्ने पाठ सिकाएको छ ।

सामाजिक सञ्जालमा धेरैले उहाँहरुको प्रशंसा गरिरहेका छन् र भनिरहेका छन् कि- उहाँहरूको साहस र निस्वार्थताले मानवीय सेवाको उच्च आदर्श देखाएको छ । साँच्चै नै ती हातहरू उच्च सम्मानका हकदार छन् !