१९ असार २०८३, शुक्रबार

बागमतीको बाढी पसेपछि एपीवान टिभीको प्रसारण बन्द

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । एपीवान एचडी टिभीको प्रसारण सेवा बन्द भएको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण थापाथलीस्थित कार्यालयमा बाढी पसेपछि प्रसारण सेवा अवरुद्ध भएको एपीवान टिभीले जनाएको छ ।

‘बागमती नदीमा आएको बाढीका कारण एपीवान टिभीको प्रसारण अवरुद्ध भएको छ । यसबाट हुन गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ ।’ एपीवान टिभीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ ।