३१ जेष्ठ २०८३, आइतबार

बाढी र पहिरोको वितण्डा : काभ्रे र पाँचथरमा ४ जनाको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । लगातारको अविरल वर्षापछिको पहिरोमा परेर काभ्रे र पाँचथरमा पहिरोमा परेर चार जनाको ज्यान गएको छ ।

काभ्रेको तेमाल गाउँपालिका–७ का भीमबहादुर तामाङको घर पहिरोले पुरिँदा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, पाँचथरको फिदिम नगरपालिका–४ भदौरेमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ । ज्यान जानेको नाम खुल्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै, काभ्रेको पनौती नगरपालिका ११ थुम्कीमा पहिरोले घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् ।

यस्तै, धनकुटा पाख्रिबास नगरपालिका गुँरासेका सन्तोष तामाङको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आमा ५० वर्षीया रामकुमारी तामाङ बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।