३१ असार २०८३, बुधबार

अविरल वर्षासँगै बागमती र बकैया नदीमा उच्च बहाव, ६ पालिका रेड जोनमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १२ असोज । पछिल्लो तीनदिन देखि अविरल वर्षाको कारण रौतहटको पूर्विभेगस्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा ठूलो बाढी आएको छ । बाढीको पानी अहिले बागमती र बकैयामा ओभरफ्लो सुरु भएको छ।

लालबकैया नदीको बाढीले कटहरिया नगरपालिका ४ हर्साहा र मौलापुर १ मर्यादपुर गाउँ छेउमा नदीको बाँध कटान सुरु गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभएको छ ।

त्यसैगरी, जिल्लास्थित चाँदी, धनसार, तरहारी, गुजरा लगायत नदी खोलामा पनि पानीको स्तर बढ्दै गएको छ ।

कुलेखानी ड्याम आज बिहान खोलिएपछि बागमती नदीमा अझै ठूलो बाढी आउने भएकाले नागरिकलाई सुरक्षित स्थानमा रहन सुरक्षाकर्मीले ठाउँ ठाउँमा माइकिङ गरिरहेको छ ।

त्यस्तै, बाढी र डुबान कटानको जोखिमबाट जोगाउन जिल्लाको चन्द्रपुर, परोहा नगरपालिका लगायत कैयौँ स्थानमा ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ रेग्मीले बताउनुभयो । रेग्मीले अविरल वर्षाका र बाढीको कारण जिल्लाको ६ वटा पालिका रेड जोनमा रहेको बताउनुभयो ।

जिल्लाको पूर्विभेग राजदेवि नगरपालिका, दुर्गाभगवति गाउँपालिका, बौधिमाई, मौलापुर, राजपुर र कटहरिया नगरपालिका रेड जोनमा रहेको उहाँले जानकारी दिनुभयो । अविरल वर्षाको पानीले ईलाका प्रहरी कार्यालय कटहरिया जलमग्न भएको छ ।

बिहीबारदेखि परेको अविरल वर्षाको कारण जिल्लाका सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ । दैनिक ज्यालादारी, गर्ने खेतमा काम गर्ने मजदुर, दैनिक ससाना व्यापार गर्ने व्यवसायी अविरल वर्षाको कारण ठूलो कठिनाईमा परेका छन् ।